दुई दिनपछि शेयर बजारमा छायाे हरियाली

-



     सफल आवाज    
     असार १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ असार । साताको पाँचौ दिन बिहिबार शेयर करोबार हुने अन्तिम दिन शेयर बजार सकारात्मक लयमा गएको देखिएको छ । सर्वत्र हरियाली छाएकाे छ ।

लगातार दुई दिन ओरालो लागेको शेयर बजारको आजको उकालोको यात्रा बजार बन्द हुँदाको अवधिसम्म कस्तो हुन्छ ? त्यो भने पर्खनै पर्छ । तर नेप्से सकारात्मक लयमा गएकोमा लगानीकर्ताहरुमा उत्साह जागेको मान्नु पर्छ ।

यो समाचार तयार पार्दासम्म दिउँसो साढे १.५५ बजेको समयमा नेप्से परिसूचक ३३.०१ अंकले बढेर २८५४.८९ विन्दुमा पुगेको छ । नेप्से १.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.१० अंकले बढेर ५२९.४७ विन्दुमा पुगेको छ ।

अहिलेसम्म २१८ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड २८ लाख ५ हजार ६६५ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ७३ करोड २५ लाख १ हजार ४३४ चौत्तिस रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ वटै उपसमूहमा हरियाली छाएको छ ।