
फाइल फाेटाे।
सुनसरी, १९ असार । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन् ।
पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव २ लाख २२ हजार ४७५ क्यूसेक पुगेको कोसी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ ।
वर्षा निरन्तर भइरहेकाले अझै बढ्दै जाने संकेत देखिएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।
यसैबीच निरन्तरको वर्षाका कारण सुनसरी र मोरङका विभिन्न खोलाहरुमा पानीको सतह बढेको प्रहरीले जनायो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



