मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। यसकाे आईपीओ असार १७ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको थियाे ।

लघुवित्तले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो।

लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आइतबार साँझसम्ममा आईपीओमा १७ लाख ६३ हजार ७९४ जनाले आवेदन दिएकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएकाे छ।