खोप माग्दै पोखराका पर्यटन व्यवसायी आन्दोलनमा

-



     सफल आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित



पोखरा, २१ असार । पोखराका पर्यटनकर्मीहरुले कोरोना भाइरसविरुद्ध भ्याक्सिनको माग गरेका छन् । उनीहरुले भनेका छन्–नो भ्याक्सिन, नो टुरिजम ।

पोखरामा सोमबार उनीहरुले यसबारे विभिन्न नाराअंकित प्लेकार्ड सहित भद्र आन्दोलन गरेका छन् । लेकसाइडस्थित अम्बोटबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय गेट अघि आएर शान्तिपूर्ण धर्नामा परिणत भएको थियो ।

पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा भएको प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, बैंक तथा वित्तीय संस्थाको भूमिकासहित सरकारको भूमिका सम्बन्धमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरुले अहिले एक सूत्रीय माग खोप रहेको बताए । उनले पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, कर्मचारी, मजदुर सबै गरेर करिब ३० हजार हाराहारीमा खोप आवश्यक रहेको बताए ।