विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको भवन निर्माणमा पोखरा लायन्सको २५ लाख सहयोग

-



     सफल आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित



पोखरा, २२ असार । लायन्स क्लब अफ पोखराले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको भवन निर्माणमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

क्लब अध्यक्ष डिल्लिराज सुवेदी (शिशिर) ले लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर लायन विशेश्वर आचार्यको उपस्थितिमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई सो रकम बराबराको चेक हस्तान्तरण गरे ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिअन्तर्गत सो प्राकृतिक चिकित्सालय निर्माण हुन लागेको छ । निर्माणपछि एउटा भवनको नाम नै लायन्स क्लब अफ पोखरा राखिनेछ । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशकै पहिलो लायन्स क्लब हो ।

सो अवसरमा बाेल्दै डिष्ट्रिक्ट गभर्नर लायन विशेश्वर आचार्यले लायन्सको इतिहासमै एउटै क्लबले यती ठूलो रकम सहयोग गरेर उदाहणीय काम गरेको बताए ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले सो सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रममा क्लब अध्यक्ष सुवेदी, सचिव दीपेन्द्र कोइराला लगायतले बोलेका थिए ।