
संयुक्त राष्ट्रसंघ, २२ असार । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परी नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ताले एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिएका हुन । उनले महासचिव गुटर्रेसले सो घटनाले आफूलाई दुःखी बनाएको बताएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकद्धारा जारी सो विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त पहिरोमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गरे । घाइतेहरुहरुको स्वास्थ्य लाभको कामना पनि गरेका छन् । यस्तो अप्ठेरो परिस्थितिमा महासचिव गुटरेसले आफु र संयुक्त राष्ट्रसंघ जापान सरकार र जापानी नागरिकको पक्षमा रहेको पनि बताए ।
जापानको आतमी प्रिफेक्चरमा हालैको अविरल वर्षा र त्यसपछिको पहिरोमा परी दुई जनाको निधन भएको थियो भने अरु २० जना अहिले पनि हराइरहेका छन् । तीन दिनअघिको सो पहिरोमा परी हराएका व्यक्ति अब भने भेटिने आश नरेको जापानको उद्धारकर्ताहरुले जनाएका छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




