जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी, कस्तो छ प्रावधान ?(पूर्णपाठ)

-



     सफल आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ असार । बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । समितिले बीमालेख स्वीकृतिको प्रक्रियालाई अझैं सरल तथा व्यवस्थित बनाएर एकरुपता कायम गर्न निर्देशिका जारी गरेको जनाएको छ । जारी निर्देशिकामा भ्रपमा पारेर बीमालेख बिक्री गर्न नपाईने प्रावधान राखिएको छ ।

समितिद्वारा जारी गरिएको निर्देशिकामा बीमालेख तयार गर्दाखेरि बजार अनुसन्धान प्रतिवेदन, जोखिम पहिचान, आंकलन र न्युनिकरण सम्बन्धी योजना, बीमालेख बजारिकरण योजना तथा कम्तिमा ३ वर्षको वित्तीय प्रक्षेपण भएको बीमालेखको व्यावसायिक योजना बनाउनु पर्ने जनाईएको छ ।

बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै बीमालेख समर्पण गर्न र बीमालेख धितो राखेर लिन पाउने सुविधा दिईएको छ । जारी निर्देशिका असार २३ गतेदेखि नै लागू गरिएको बीमा समितिले जनाएको छ ।

बीमालेख सम्बन्धी निर्देशिका २०७८ को पूर्णपाठ तल हेर्नुहोस्ः