
पोखरा, २७ असार । नियुक्तिको झण्डै एक महिनापछि गण्डकी प्रदेशका बिनाविभागीय २ मन्त्रीले पदभार ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा लिएका जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र स्वतन्त्रतर्फबाट युवा तथा खेलकुद मन्त्री बनेका दीपक गुरुङ (दीपक मनाङ्गे) ले आइतबार कार्यालय समयमा पदभार ग्रहण गरेका हुन् ।
यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए भने मनाङ्गेले भौतिक पूर्वाधार मन्त्रालय हुनुपर्ने अडानमा थिए । अन्ततः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको छलफलपछि उनीहरु सहमत भएका हुन् ।
गत ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरे पनि सहमति तोडेपछि किचलो सुरु भएको थियो । गण्डकीमा योसँगै ५ सदस्यीय मन्त्रिमण्डलको टुंगो लागेको छ ।

यसअघि, काँग्रेसका कुमार खड्काले सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लिइसकेका छन् । गत २९ जेठमा काँग्रेसका पोखरेल नेतृत्वमा गण्डकीमा नयाँ सरकार आएको थियो । बाँकी मन्त्रालयको भागबण्डा भने बजेट पास भएपछि मात्रै टुंगिने सहमति जनाइएको छ । गण्डकीमा काँग्रेससहित माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा नेपाल र स्वतन्त्र मिलेर सरकार बनाएका हुन् । जसमा काँग्रेस र माओवादीलाई ४–४, जसपालाई २ र स्वतन्त्रलाई १ मन्त्रालय दिने यसअघि नै सहमत भए पनि कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको थिएन ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



