
नवलपुर (सिन्धुपाल्चोक), २९ असार । काठमाडौं उपत्यकामा केन्द्रित रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जो रोपणलाई उपत्यका नजीकका जिल्लामा विस्तार गर्न थालिएको छ ।
देशव्यापी गुर्जो रोपण अभियान शुरु गरेका अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा गुर्जो रोपणलाई विस्तार गरेका छन । आइतबार इन्द्रावती गाउँपालिकामा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ ।
बालादेवी सामुदायिक वन क्षेत्रमा गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यसअघिका पुस्ताले जडीबुटीकै औषधि उपयोग गरेर निरोगी बन्ने गरेकामा त्यसको उपयोगिता सिक्न नसक्दा पछुताउनुपर्ने अवस्था आएको सुनाए । गुर्जो अभियानकर्मी राजलवटले पहाडमा पाइने गुर्जो र तराईको गुर्जो फरक रहेको बताए ।
तराईको गुर्जो औषधीय गुणका लागि बढी उपयोगी रहेको उनको भनाइ थियो । कार्यक्रममा गाउँपालिका–४ का अध्यक्ष जगतमान ताल्चाभँडेल, वडा सदस्य दयाकुमारी मिश्र, योग शिक्षक अच्युत अर्याललगायतले गुर्जोका उपयोगिताका बारेमा स्थानीयवासीलाई जानकारी गराए । सो अवसरमा गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो औषधि वितरण गरिएको थियो ।
यसैबीच ललितपुरको बटुक भैरवनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीयवासीलाई करीब १०० बिरुवा गुर्जो वितरण गरिनुको साथै मन्दिर नजीकै रहेको नेपाली सेनाको गणमा रोप्नका लागि पनि २०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



