प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सर्वोच्च अदालतले हिजाेमात्रै संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिइसकेकाे छ।