एमालेको स्थायी कमिटी बैठक स्थगित

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडाै, २९ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थिति र पार्टी विवादका सम्बन्धमा छलफल तथा पार्टीको आधिकारिक धारणा तय गर्न बोलाइएको बैठक स्थगित भएको हो ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कार्यदलको सिफारिशका सम्बन्धमा समेत छलफल हुने बताइएको थियो ।