किन गएनन् देउवा सपथका लागि सितलनिवास ? कांग्रेस र माओवादी केन्द्रबाट को को बन्दैछन् मन्त्री ?

-



     सफल आवाज    
     असार २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिन मानेका छैनन् । राष्ट्रपति कार्यालयको पत्रमा संविधानको धारा नै उल्लेख नगरी सपथ ग्रहणका लागि बोलाईएको भन्दै सपथ लिन नमानेका श्रोतले बताएको छ ।

देउवालाई राष्ट्रपति कार्यालयले संविधानको धारा ७६, ५ अनुसार हुनुपर्नेमा पत्रमा त्याे उल्लेख नभएकोले सपथका लागि सितलनिवास नगएको बताईएको छ । उनी नियुक्ति सच्चिएर आउने पक्षमा रहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वकेा सरकारमा मोओवादी केन्द्रबाट दुईजना मन्त्री हुँदैछन् । माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर तथा पम्फा भुषाललाई मन्त्री बनाउने बताईएको छ ।

माओवादी केन्द्रले शर्मालाई अर्थ तथा भुषाललाई उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालयको जिम्मवारी दिने श्रोतले बताएको छ ।

उता नेपाली कांग्रेसले प्रमुख सचेतक बालकृष्ण खाँड र केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीलाई मन्त्री बनाउने भएको छ । श्रोतका अनुसार खाँडले गृह तथा कार्कीले कानून मन्त्रालय सम्हाल्ने भएका छन् ।