राष्ट्रियस्तरका सार्वजनिक रुटहरुमा बढ्याे २८ प्रतिशतसम्म भाडा

-



     सफल आवाज    
     असार ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० असार । सरकारले राष्ट्रियस्तरका सार्वजनिक रुटहरुमा चल्ने यातायातका साधनहरूमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ ।

२०७५ असोज ७ बाट बजारकाे अध्ययन गरेर नभई समग्रमा १० प्रतिशत भाडा बृद्धि गरी सवारी भाडा समायोजन गरिएको थियो । बिगत लामो समयदेखि बजार अध्ययन हुन नसकेको कारण बैज्ञानिक भाडादर लागू भएको थिएन ।

यातायात व्यवस्था विभागका अनुसार श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संचालन खर्च, ह्रासकट्टी र संचालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य बृद्धिको आधारमा राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा चल्ने यातायातका साधनहरुको भाडा बृद्धि गरिएको हो ।

सरकारले २०७८ साल असार २९ गतेदेखि लागू हुनेगरि यात्रुबाहक सवारी साधनमा २८ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीको हकमा २६ प्रतिशत भाडा बृद्धि गरेको विभागका प्रवक्ता तथा निर्देशक डा.लोकनाथ भुषालले जानकारी दिएका छन् ।