पोखरा महानगरका मेयर जिसीलाई हृदयघात

-



     सफल आवाज    
     श्रावण १ गते २०७८ मा प्रकाशित



पोखरा, १ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । उनलाई हृदयघातपछि काठमाडौं लगिने तयारी छ ।

मेयर जिसीलाई गएराति हृदयघात भएको हो । उनको एउटा नसा ब्लक भएको चिकित्सकले जनाएका छन् । अवस्था खतरामुक्त छ ।

मणिपाल अस्पतालपछि अहिले थप उपरार्थ हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी रहेको प्रेस सल्लाहकार माधव बरालले बताए ।