प्रदेश नं २ का नवनियुक्त मन्त्रीले लिए शपथ

-



     सफल आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित



जनकपुरधाम, २ साउन । प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गरेका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराए ।

सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराए । प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा गरे ।

शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।