
काठमाडौं, ४ साउन । संसदमा विश्वासको मत लिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य शुरू गरेका छन् ।
२९ असारमा प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई जनालाई मन्त्री नियुक्त गरेर आफूसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए । गृह मन्त्रालयमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, उर्जा मन्त्रालयमा पम्फा भुसाल र कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्रालयमा ज्ञानेन्द्र कार्कीलाई शुरूकै दिन शपथ गराइएको थियो ।
उनले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, माओवादी र पार्टीका केही सदस्य थपेर देउवाले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका र विश्वासको मत दिएका एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुन राजी भएमा उनीहरुलाई समेत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको योजना छ ।
जसपाको महन्थ ठाकुर पक्ष र राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने भएका छन् ।
प्रतिनिधि सभामा देउवाले १६५ सांसदको समर्थनसहित विश्वासको मत जितेका थिए । उनको विपक्षीमा ८३ मत परेको थियो । १ जना तटस्थ बसे । संसदमा कुल सदस्यको १ सय ३६ भए बहुमत पुग्थ्यो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



