
पोखरा, ८ साउन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले शुक्रबार पदभार ग्रहण गरेका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्का यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री थिए । उनले शुक्रबार मन्त्रिमण्डल फेरबदलसँगै भौतिक पूर्वाधारको जिम्मेवारी पाएका हुन् ।
मुख्यमन्त्रीको उपस्थितिमा प्रदेश प्रमुखसमक्ष शपथलगत्तै पदभार ग्रहण गर्दै उनले पदभार क्रममा जनता र माटो सुहाउँदो काम गर्न क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘मन्त्रीको दम्भ र घमण्ड देखाएर हैन, जनता र माटो सुहाउँदो काम गर्न पूरा क्रियाशील छु ।’
यसैगरी मन्त्री खड्काले आफू स्वभावले कडा भए पनि विकास निर्माण र जनताको खातिर जस्तोसुकै जोखिम बहन गर्ने बताए । उनले भने सबै मातहतलाई मन्त्रीको रुपमा हैन, परिवारको कान्छो सदस्यका रुपमा स्वीकार गरी सहयात्रा गर्न तयार रहेको बताए ।
गण्डकी प्रदेशमा शुक्रबार ६ मन्त्री थपसँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिमण्डल ११ सदस्य बनेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



