पर्यटन व्यवसायी र मजदुरलाई खोप, एक करोडको राहत प्याकेज

-



     सफल आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित



पोखरा, १० साउन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री शर्मालाई मन्त्रायलका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुल शर्मा पौडेल लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभार ग्रहणसँगै उनले दुइ वटा महत्वपूर्ण निर्णयहरु गरेका छन् । उनले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरे । त्यस्तै, पर्यटन व्यवसायीका लागि एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन् ।

मन्त्री शर्माले मन्त्रालयका कर्मचारीहरुलाई उच्च मनोबलकासाथ ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘कर्मचारी नै स्थायी सरकार हुनुहुन्छ, उनले भने, सेवाग्राहिको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुहोस्।’