देशले हठी सरकारबाट मुक्ती पायाे : डा.डिला संग्राैला

-



     आरजू विष्ट सल्यानी    
     श्रावण १२ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १२ साउन । नेपाली कांग्रेसका सांसद डा.डिला संग्रौलाले देशले अक्रमणीय र हठी सरकारबाट मुक्ती पाएको बताएकि छन् । प्रतिनिधि सभाकाे आजकाे बैठकमा बाेल्दै संग्राैलाले १६५ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएकाे बताईन ।

जनताले यो सरकारबाट ठूलो अपेक्षा गरेका छन् । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन । डा.संग्राैलाले भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले (ओली निकट) ले देउवा सरकार जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेकाे उल्लेख गरिन ।

वास्तवमा संविधानको भावना विपरीत २ पटक प्रतिनिधिसभा विघटनका साथै संविधानको धारा ७६ (५) अनुसार बहुमत प्राप्त गर्दाको परिणाम हो । डा.संग्राैलाले भनिन्, संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतबाट भएकाेले यो सरकार परमादेशबाट हैन्, जनादेशबाट बनेको हो ।

सांसद डा.संग्राैलाले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर संविधानको कार्यान्वयन, आम नेपाली जनताको जीवनरक्षा एवं जीविकोपार्जनका लागि आवश्यक कार्यक्रम ल्याउनु पर्ने कुरामा जाेड दिईन ।

कोरोना संक्रमणको व्यबस्थापनको लागि बिशेषज्ञको संयन्त्र मार्फत चिकित्सकहरुलाई समावेश गरी परामर्श लिने र प्रत्येक नेपालीलाई कोरोना बिरुद्धको खोप पहिलो आवश्यकता भएकाेले त्यसको लागि कुटनीतिक पहल गरिनुपर्ने बताईन ।

लाखौं मानिसले रोजगारी गुमाएकाे बताउँदै डा.संग्राैलाले उनीहरुका लागि तत्काल राहतको व्यवस्था एवं विदेशबाट आएका नेपालीहरुको पुर्नस्थापना, पुर्नमिलनका साथै रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु पर्छ भनिन् ।

विगतमा शान्ति सुरक्षा अस्तव्यस्त रहेकाे र दण्डहिनता वढेर गएकाे जिकिर गर्दै महिला, वालवालिकाका अनेकौं घटना घटेका, तीनबर्ष पुग्दा पनि निर्मला पन्तले न्याय नपाएकाे लगायतका घटनाकाे न्यायीक निरुपण हुन जरुरी रहेकाे उनकाे भनाई थियाे ।

देशमा सुशासन र पारदर्शीताले सरकारको काम कारवाहीको मूल्यांकन गर्दछ । डा.संग्राैलाले भनिन्, सुशासन हुँदा नै जनताका सेवा प्रवाह हुँदैं जाने, जनता पनि लाभान्वित बन्ने र देश सम्बृद्धि तर्फ अग्रसर हुने उनकाे भनाई थियाे ।

महामानव वी.पी.ले भने जस्तै ”याेजना आयोगमा एक गरिव किसानको फोटो राख र त्यो सोचेर मात्र योजना लागु गर ।” उहिले वी.पीले नेतृत्व गरेको पार्टी नेपाली काँग्रेसको नेतृत्वमा अहिले सरकार बनेको छ । डा.संग्राैलाले भनिन्, नयाँ सरकारलाई खुट्टा नकमाउन र ऐतिहासिक जिम्मेवारी बहन गर्न राष्ट्रिय एकता र मेलमिलापको बाटोमा अगाडी वढ्न जोडदार माग गर्दछु ।”