
बिराटनगर, १४ श्रावण । प्रिमियर स्टील ३६ एमएम समुह (क्याटोगरी) मा नेपाल गुणस्तर प्रमाण प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी भएको छ । ३६ एमएमको छड ठूला परियोजनाहरु हाइड्रो पावर, पुल तथा ड्यामहरुको निर्माणमा प्रयोग गर्ने गरिन्छ ।
यस अघि ३० एमएमको छड छिमेकी मुलुक भारत वा अन्य मुलुकहरुबाट आयात गरिदै आएको थियो । अब उपरान्त नेपाल गुणस्तर प्रमाण प्राप्त प्रिमियर स्टिलको उत्पादनसँगै छड आयात गर्नुपर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ ।
प्रिमियर स्टीलले एफई ५००, एफई ५००डी ग्रेडेड टीएमटी रबर, टोरकरी स्टील, बाइन्डिङ वायर तथा एसडब्लुजीको प्रयोग गरी उत्पादन गर्दै आएको छ । प्रदेश नम्बर १ को सबैभन्दा ठूलो स्टील कम्पनीका रुपमा स्थापित यस कम्पनीले दैनिक ८०० मेट्रिक टन उत्पादन क्षमता राख्दछ । कम्पनीले ८ एम एम देखि ४० एम एम सम्मका छडहरुको उत्पादन गर्दै आएको छ ।
प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाका अनुसार कम्पनीले प्रिमियम बिलेटहरुको मात्र प्रयोग गरेर टीएमटी बार उत्पादन गर्दै आएकोले गर्दा प्रिमियरका उत्पादनहरु उच्चस्तरीयताको सुनिश्चितता प्रदान गर्न सक्षम भएका छन् ।
३६ एमएम नेपाल गुणस्तर प्रमाण प्राप्त डन्डी पनि यसको एक ज्वलन्त प्रमाण हो । पूर्ण रुपमा कम्प्युटर कन्ट्रोल्ड मेसिनहरुको प्रयोग गरी छड उत्पादन गरिने भएको हुँदा हाम्रा उत्पादनहरुमा सधै उस्तै घनत्व (मास) एवं उच्चस्तरीय सर्फेसको साथ बारको डायमिटर सधैं एकनासको हुने प्रिमियर स्टिलका सेल्स एण्ड मार्केटिङ्ग डाइरेक्टर सौरभ सारडाले सफल आवाजलाई बताए ।
प्रिमियर स्टिल कम्पनी स्थापनाको छोटो समयमा नै ग्राहकको विश्वास जित्दै आफूलाई अग्र स्थानमा राख्न सफल भएको छ । आगामी दिनमा अझ बढी गुणस्तरिय उत्पादनहरु उत्पादन गरी निर्माण जगतमा सबैको पहिलो रोजाईको कम्पनीका रुपमा आफूलाई स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



