
पोखरा, १७ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।
असोजमा पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि एन्फा र चरक मेमोरियल अस्पतालबीच सम्झौता भएको हो । सम्झौता अनुसार राष्ट्रिय फुटसल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई स्वास्थ्य उपचारको सम्पूर्ण स्वास्थ्य सुविधा अस्पतालले उपलव्ध गराउने भएको छ ।
राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निशुल्क उपचार प्रदान गर्नेछ भने औषधीमा १० प्रतिशत छुट दिने भएको छ । त्यसैगरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा एन्फातर्फ बाट एन्फाका केन्द्रिय सदस्य एवं एन्फा स्वास्थ्य समितीका संयोजक नीरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालतर्फबाट निर्देशक रामचन्द्र रेग्मी र अस्पतालका म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गरे।
ए डिभिजनको राष्ट्रिय फुटसल लिगमा प्रदेश १ बाट २ टिम, वागमतीबाट ४ टिम, गण्डकीबाट २ टिम, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने फुटसल कमिटीका प्रमुख गुरुङले जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



