पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



पोखरा, १९ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् ।

मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै आएकोमा मंगलबार अस्पतालले डिस्चार्ज गरेको पोखरा महानगरपालिका प्रमुखको सचिवालयले जनाएको छ ।

चिकित्सकका अनुसार उनी अझै २ सातासम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने छ । हाल उनकी काठमाडौं बूढालिनकण्ठस्थित छोरीको घरमा बसेका छन् ।