एमालेको नेपाल पक्षको केन्द्रीय समिति बैठक आज पनि

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ ।

राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । बैठक बिहान साढे ११ बजेपछि सुरु हुने नेता रघुजी पन्तले जानकारी दिए ।

बैठकमा पार्टी एकता, आफ्नो समूहको रणनीतिलगायतका विषयमा छलफल केन्द्रीत छ ।
हिजोको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।