कक्षा १२ को परीक्षा स्थगित

-



     सफल आवाज    
     श्रावण २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ साउन । कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरू गर्ने तयारी गरिएको थियो । पुनः हुने परीक्षाबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै परीक्षाको नयाँ मिति तय गर्न सीसीएमसीले बोर्डलाई पत्राचार गरेको थियो ।