किरण गजमेर भ्वाइस अफ नेपालको विजेता

-



     सफल आवाज    
     श्रावण २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ साउन । भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका हुन् ।

विजेताले किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । उनी भ्वाइसमा सहभागी हुनका लागि अमेरिकाबाट आएका थिए । झापाको शरणार्थी शिविरमा हुर्किएका किरण भुटानी शरणार्थी हुन् भने पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए ।

यससँगै तारा श्रीष मगर, ज्वाला राई र आर्यान तामाङ फाइनालिस्टमा सीमित भए । विजेतासहित फाइनालिस्ट र प्रतियोगितामा सहभागी केही कलाकारले विश्वका विभिन्न देशमा सांगितिक भ्रमणको अवसर पाउनेछन् । भ्वाइस अफ नेपालको सम्पन्न भएसँगै भ्वाइस अफ किडको पनि छिट्टै सुरुवात गर्ने घोषणा गरिएको छ ।