
काठमाडौं, २४ साउन । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
उक्त शेयरमध्ये # लाख कित्ता कर्मचारीका लागि रहेको छ भने # लाख कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि रहेको छ । शेयर लगानीकर्ताले कम्तिमा १० कित्ता तथा बढीमा तीस हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सानिमा लाइफ इन्स्योरेन्सले गएको वर्ष ९ करोड छत्तिस लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको पाईएको छ । तेश्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा १ अर्ब ९२ करोड पैतिस लाख रहेको छ । यस्तै १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ । शेयर बिक्रीपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ । कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ मौज्दात रहेको छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



