भूमिसम्बन्धी आयोग विघटनविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

-



     सफल आवाज    
     श्रावण २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ साउन । भूमिसम्बन्धी आयोग विघटनविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । भदौ १ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सो मितिसम्म यससम्बन्धी सबै कामकारवाही र गतिविधि यथास्थितिमा राख्न आदेश गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ । ‘२०७८/५/१ सम्म विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगका कामकारवाहीसम्बन्धी अभिलेख, भौतिक स्रोत साधनलगायतका व्यवस्थापनसम्बन्धी कुराहरू अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।’

विघटित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले विघटनको निर्णयविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।