काठमाडौं उपत्यकामा राति ८ बजेदेखि गाडी चलाउन नपाइने

-



     सफल आवाज    
     श्रावण २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ साउन । कोरोना संक्रमण दर फेरि बढ्दै गएपछि काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन नपाइने भएको छ । काठमाडौं उपत्यकाका सिडिओहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीका अनुसार बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । त्यसैले अब राति ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्नेछ ।

कोभिड–१९ भाइरस संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन भने जतिसुकै बेला चलाउन पाइनेछ ।

कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि लकडाउन कडा पारिएको हो ।