लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

-



     सफल आवाज    
     श्रावण २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख समक्ष बुधबार राजीनामा बुझाएका हुन् ।

पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बुधवारदेखि बस्न लागेको थियो ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए ।

सदनमा अल्पमतमा परेपछि उनले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले २ पटक अविश्वास दर्ता गरेको थियो ।