लुम्बिनी प्रदेशमा केसी नेतृत्वमा को को भए मन्त्री ?

-



     सफल आवाज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित



बुटवल, २९ साउन । मुख्यमन्त्री कूलप्रसाद केसीले बिहिबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल गठन गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालका ६ जना मन्त्री बनेका छन् । जसपाका ३ जना सांसदमध्ये ३ जना नै मन्त्री छन् ।

नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जसपाका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् । जसपाका पुर्मती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाहीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् ।

गठबन्धनले १० सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरेको छ । बाँकी मन्त्री केही दिनपछि बनाउने गठबन्धनको तयारी छ ।

संविधानको धारा १६८(२) अनुसार प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबी अनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।