
पोखरा, ३२ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले विद्यालयदेखि नै साइबर अपराध, वाल विवाह, लागूऔषध, सडक अनुशासनसम्बन्धी जानकारी दिन विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको छ ।
प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत कास्की प्रहरीले मातहत प्रहरी कार्यालयहरूको सहकार्य र समन्वयमा विद्यार्थीलाई अनलाइनमार्फत यसखालको सचेतना दिएको हो ।
लागू औषध दुव्यर्सनी, साइबर अपराध, बालबालिकाविरुद्धका अपराधहरू बढ्दो क्रममा रहेको र ती कसुरमा अधिकांश पीडक र पीडित युवा रहेको पाइएकोले त्यस्ता कसुरजन्य गतिविधि रोकथाम तथा नियन्त्रण गर्न युवावर्गलाई सचेत गराउन विद्यालय तहदेखि नै यस्तो कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक रमेश थापाले सफल आवाजलाई बताए ।
जसअनुसार जिल्लाका विभिन्न ७ वटा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई आइतबार अनलाईन माध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको एसपी थापाले बताए ।
नदिपुरस्थित न्यू ग्यालेक्सी एकेडेमी कक्षा १२ का १ सय विद्यार्थीलाई प्रहरी उपरीक्षक रमेश थापा र प्रहरी निरीक्षक दिपक केसीबाट प्रशिक्षण दिइएको थियो ।

यस्तै, पोखरा २७ तालचोकस्थित डाइमण्ड बोडिङ स्कुलका ६५ विद्यार्थीलाई प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनी, पोखरा ७ रत्नचोकस्थित सवलाईन बोर्डिङका ९० विद्यार्थीलाई प्रहरी निरीक्षक राजन रायमाझी, पोखरा ३ पालिखेचोकस्थित प्रतिभा माविमा कक्षा १२ का ३ सय जना विद्यार्थीलाई प्रहरी निरीक्षक मुकेश न्यौपानेले प्रशिक्षण दिए ।
उता, पोखरा ८ स्थित लिटिल स्टेप मावि कक्षा ८, ९ र १० का १ सय विद्यार्थीलाई प्रहरी निरीक्षक श्याम थापामगर, पोखरा १० हस्पिटलचोकस्थित ज्ञानाेदय माविका ४० विद्यार्थीलाई प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहा र पोखरा १० भद्रकालीस्थित भद्रकाली माविका ५६ जना विद्यार्थीलाई प्रहरी सहायक निरीक्षक जीवन गुरुङले लागू औषध दुव्यर्सनी, साइबर अपराध र बालबालिकामाथि हुने अपराध, अपराध नियन्त्रण र कानूनी व्यवस्थाका सम्बन्धमा प्रशिक्षण प्रदान गरेको निमित्त प्रवक्ता तथा सूचना अधिकारी दीपक केसीले जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



