
काठमाडौं, १ भदौ । काेराेना महामारीका बीच गत आवमा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
कोरोना महामारीकाबीच पनि अधिकांश बैंकहरुको मूनाफामा राम्रो वृद्धि देखिएको छ । अधिकांश बैंकहरुको मूनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मूनाफामा गिरावट आएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।
गत वर्षको मूनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । उसले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ ।
ग्लोबल आइएमई दोस्रो नम्बरमा हुँदा तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक छ । ग्लोबलले मूनाफा २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँबाट बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ कमायाे । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको राष्ट्रिय वाणिज्य बैंकले गत आवमा ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार कमायाे ।
कृषि विकास बैंक मूनाफाका आधारमा चौथो नम्बरमा देखिएको छ । उसले ३ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ कमायाे ।
पाँचौ नम्बरमा रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा कमाएको छ । अघिल्लो आवमा बैंकले २ अर्ब ४२ करोड ३१ लाख मूनाफा कमाएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



