
काठमाडौं, १ भदौ । अपि पावर कम्पनीले भदौ २५ गते अठारौं वार्षिक साधारण सभा बोलाएको छ । काठमाडौं थापाथलिस्थित ट्रेड टावरमा रहेको केन्द्रीय कार्यालयमा बोलाईएको साधारण सभा अनलाइनबाट संचालन गरिने भएको छ ।
कम्पनीको साधारण सभामा हकप्रद शेयर निष्काशनको प्रस्तावलाई पारित गर्ने लगायतका एजेण्डा रहेका छन् । कम्पनीले बोनस शेयर वितरण गरेपश्चात हकप्रद शेयर ल्याउन लागेको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पारित गरिने भएको छ । यस्तै ०.५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव र बोनस शेयर वितरणपछि कायम भएको चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्रीको प्रस्तावलाई पारित गरिने भएको छ । हकप्रद शेयर निष्काशनका लागि नियमनकारी निकायहरुमा आवश्यक कार्य गर्नका लागि त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरिने छ ।
कम्पनीका अनुसार साधारण सभाको प्रयोजनार्थ भदौ १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज हुने भएको छ । भदौको १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने छन् भने लाभांश प्राप्तिका हकदार हुनेछन् । साधारण सभा पूर्वान्ह ११ वजे बोलाइएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



