
काठमाडौं, १ भदौ । भदौ महिनाको पहिलो दिन तथा साताको तेश्रो मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढयो । शेयर बजार उकालो लागेपछि लगानीकर्तालाई उत्सुक बनाई रह्यो । पौने १२ वजेसम्म आउँदा भने नेप्सेमा दोहोरो अंकको गिरावट आयो ।
नेप्सेमा छिनछिनमा बढ्ने र घट्ने क्रम चलिनै रह्यो । आखिर बजार बन्द हुँदाको समयसम्म आउँदा भने नेप्सेमा सामान्य सुधार देखियो । कारोबार रकममा भने उल्लेख्य बढोत्तरी भएको छ । विकास बैंक र फाइनान्सतर्फ आकर्षण बढी देखिएको छ ।
नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३१ विन्दुमा पुगेको छ । नेप्से ०.०१ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले बढेर ५९३.२८ विन्दुमा पुगेको छ ।
कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयरको खरिदबिक्रीबाट १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपमूहमध्ये विकास बैंक र फाइनान्सतर्फको सूचक बढेको छ । विकास बैंकतर्फ ५.१७ प्रतिशत बृद्धि भएको छ । फाइनान्सतर्फ ४.८८ प्रतिशत, हाइड्रोपावरतर्फ ३.१६ प्रतिशत, उत्पादनतर्फ १.२६ प्रतिशत, माइक्रोफाइनान्सतर्फ ०.०९ प्रतिशत र लगानी उपसमूहतर्फ ०.०६ प्रतिशतले बृद्धि भएको छ ।
७ उपसमूहमा भने रातो लागेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, नीर्जिवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको ८६ करोड ३८ लाख २४ हजार ७१७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



