धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

-



     सफल आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ भदौ । बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

हाल मनसुनी न्युन चापिय रेखा देशको पश्चिमि भूभागमा तराई नजिक रहेको छ भने पूर्वी भूभागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ ।