नेप्से अपडेट : १६.३७ अंकले बृद्धि, साढे ५ अर्बको कारोबार

-



     सफल आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ भदौ । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा अगाडी बढेको छ । प्रि-ओपन सेसनमा १२ अंकको बृद्धि देखिएको नेप्सेमा मध्यान्हसम्म आउदा १६.३७ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक १६.३७ अंकले बढेर ३१७६.६८ विन्दुमा पुगेको छ । नेप्से ०.५२ पतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.७७ अंकले बढेर ५९५.०५ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २०८ कम्पनीको शेयर कारोबार भएको छ । ९२ लाख ४० हजार ९७४ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ६२ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

तेह उपसमूहमध्ये ६ उपसमूहमा रातो लागेको छ । बाँकी ७ उपसमूहमा हरियो लागेको छ । सबैभन्दा बढी फाइनान्सतिर आकर्षण देखिएको छ । जसको ४.७८ प्रतिशतले बृद्धि भएको छ । हाइड्रोपावरतर्फ ३.५७ प्रतिशत, उत्पादनतर्फ ३.०३ प्रतिशत, विकास बैंकतर्फ २.९२ प्रतिशत, नीर्जिवन बीमातर्फ ०.३८ प्रतिशत र अन्यतर्फ ०.९७ प्रतितशतले बृद्धि भएको छ ।