
काठमाडौं, २ भदौं । मेगा बैंकले ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गरेर शाखामा रुपान्तरण गरेको जनाएको छ ।
बैंकले झापाको शिव सताक्षी नगरपालिकामा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा परिणत गरेको छ । मोरङको धनपालथान गाउँपालिकामा रहेको एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिकामा रहेको, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी एक्सटेन्सनलाई शाखामा परिणत गरेको छ ।
यस्तै बैंकले धनुषा जिल्लाको नागराईन नगरपालिकामा रहेको नागराईन एक्सटेन्सन काउन्टर, अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पाको माथागढीमा रहेको, गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा रहेको एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयमा रपान्तरण गरेको हो ।
एक्सटेन्सन काउन्टरहरुको शाखा कार्यालयमा भएको रुपान्तरणसंगै बैंकका शाखा कार्यालयहरुको संख्या १९९ पुगेको बैंकले जनाएको छ । मेगा बैंकका अझैं विभिन्न स्थानमा २४ वटा एक्सटेन्सन काउन्टर रहेका बैंकले जनाएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



