
नयाँदिल्ली, २ भदौ । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् ।
सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १।१४ प्रतिशत हो । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या चार लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये ४४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३७ हजार १६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख ८५ हजार ९२३ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७।५२ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ८५ हजार ८५७ पुगेको छ । यही अगस्त १७ सम्ममा भारतमा ४९ करोड ८४ लाख २७ हजार ८३ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १७ लाख ९७ हजार ५५९ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।
भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५६ करोड छ लाख ५२ हजार ३० डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ५५ लाख पाँच हजार ७५ डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




