अष्टलक्ष्मी शाक्य बाग्मतीको मुख्यमन्त्री बन्दै

-



     सफल आवाज    
     भाद्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ भदौ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् । माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् ।

एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै शाक्यलाई एमाले प्रदेश संसदीय दलको नेता चयन गरिएको सांसद अरुण नेपालले बताए ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्यलाई चयन गर्ने प्रस्ताव गरेका थिए । बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ।