
काठमाडौं ३ भदाै । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच सहकार्य गर्ने सम्झौता भएकाे छ । प्रदेश नं १ का महासंघका सदस्यलाई सहज बैंकिङ सेवा पुर्याउने सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको हाे । बैंककाे तर्फबाट प्रदेश नं १ का प्रमुख सुवास सापकोटा र महासंघ प्रदेश अध्यक्ष ढिकाराज ढकालले हस्ताक्षर गरेका छन।
सम्झौता अनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नव उद्यमी र कृषि व्यवसायमा संलग्न उद्योगीलाई प्राथमिकतामा राखेर बैंकिङ सुविधा दिने जनाएको छ। सम्झौतामा अपांगता भएको व्यक्तिले व्यवसायी कर्जा लिन चाहेमा विशेष सुविधासहित कर्जा उपलब्ध गराउने उल्लेख छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



