
काठमाडौं, ४ भदौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा पहिलो म्युचुल फण्ड निष्काशन भएको छ। क्यापिटलले मेगा म्युचुअल फण्ड-१ काे शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।
क्यापिटलले प्रति इकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बिक्रीमा ल्याउन लागेको हो।
निष्काशन गरिने कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १ सयदेखि १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।
मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सो फण्डको इकाइमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाइ बिक्री नभए भदौ १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।
१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।
यो एक बन्दमुखी योजना हो। मेगा क्यापिटल मार्केट्स मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



