
पोखरा, ५ भदौ । मिर्गौलापीडितको उपचार नाममा बिनाअनुमति चन्दा असुल्ने प्रहरी फन्दामा परेका छन् । कास्की प्रहरीले यस कार्यमा संलग्न ३ जनालाई पोखराबाट पक्राउ गर्न सफल भएको हो।
युनिक स्वयंसेवक नेपाल धरानमा केन्द्रीय कार्यालय दर्ता गरी सोही संस्थाको नाममा रसिद छपाई उनीहरुले देशका मुख्य सहरमा हालसम्म १० जना बिरामीको उपचार नाममा चन्दा असुल्दै आएको खुलेको छ । यसरी पक्राउ पर्नेमा संस्थाकी अध्यक्ष झापाको बिर्तामोड ९, पश्चिम स्ट्याण्डकी ३४ वर्षीया एलिजा बस्नेत, सदस्य झापाको हल्दिबारी १ का ४४ वर्षीय धनबहादुर सेन्चुरी र झापाको बिर्तामोड १ कै ३२ वर्षीय टेकबहादुर बस्नेत हुन् ।
उनीहरुले पाल्पाको साविक झडेवा गाविस ५ (हाल माथागढी गाउँपालिका ४) बस्ने मिर्गौलापीडित ३५ वर्षीय चुडामबहादुर रुचालको उपचार नाममा पोखरामा चन्दा उठाउँदै थिए । प्रहरीले गत बिहीबार उनीहरुलाई पोखराको विजयपुरस्थित न्यू हाई वे स्टाफ होटल एण्ड लजबाट ४ लाख नगद, चन्दा उठाउन प्रयोग हुने रसिद र पर्चासहित पक्राउ गरेको हो । उनीहरुले चन्दा संकलनमा समूह समूह बनाई दैनिक १० वटा ट्याम्पो समेत लिई देशका मुख्यमुख्य सहरमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तिनै जनाविरुद्ध चन्दा ऐन, २०३० अन्तर्गत जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी रमेश थापाले यसखालका क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याइने बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



