रोटरी क्लवल अफ पोखराले दियो डेभिज फल प्रि-आइसोलेशन सेन्टरलाई कन्स्ट्रेटर र सिलिण्डर

-



     सफल आवाज    
     भाद्र ७ गते २०७८ मा प्रकाशित



पोखरा, ७ भदौ । रोटरी क्लव अफ पोखराले स्वास्थ्य सामग्रि सहयोग तथा वितरणको अभियानलाई जारि राखेको जनाएको छ । सहयाेगकाे लागि माग भइरहेकाे र क्लवले सकेकाे सहयाेगलाइ निरन्तर्ता दिएकाे बताएकाे छ ।

पछिल्लो क्रममा क्लवले पोखरा महानगरपालिका वडा नं १७ स्थित डेभिज फल यूथ क्ल्वलाई कोभिड १९ प्रि-आइसोलेसन सेन्टरको लागि एक थान कन्स्ट्रेटर र २ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

ति स्वास्थ्य सामग्रीहरु क्लवका अध्यक्ष नीर्मलप्रसाद कर्माचार्य र सचिव भूपालजंग कुँवरले डेभिज फल यूथ सेन्टरका संयोजक सुमन आले मगरलाई हस्तान्तरण गरेका हुन ।

यस अघि क्लवले पोखरा महानगरपालिका वडा नं १७, वडा नं २० स्थित भलाम स्वास्थ्य चौकि, वडा नं ३३ को भरतपोखरी हेल्थपोष्ट, मध्यनेपाल नगरपालिका लमजुङ लगायतका स्थानमा स्वास्थ्य सामग्री सहयोग गरिसकेको सचिव कुँवरले जानकारी दिए ।