एमालेमा १० बुँदे सहमति सिफारिस कार्यान्वयन समझदारी तयारी

-



     सफल आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ भदौ । नेकपा (एमाले) को मंगलबार ११ बजेको लागि तय गरिएकाे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।

सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा दिउँसो बस्ने जानकारी दिए।

सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।