प्रदेश १ मुख्यमन्त्रीमा आचार्य बन्ने पक्का

-



     सफल आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० भदौ । एमाले सचिव भीम आचार्य प्रदेश १ को प्रदेश सभामा पार्टी संसदीय दलको नेता चयन भएका छन् । बिहीवार बसेको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । उनी आजै मुख्यमन्त्री बन्ने पक्का छ ।

आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयतिर लागेका छन् ।

एमाले विभाजन भएसँगै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन हुन लागेको हो । विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।