आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त

-



     सफल आवाज    
     भाद्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० भदौ । एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार मध्याह्न पद तथा गोपनीयताको शपथ समेत दिलाए ।

संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राईले राजीनामा बुझाएपछि आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ । नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।