काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने

-



     सफल आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ भदाै । कोभिड संक्रमण दर घटेसँगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो हुने भएको छ । आज बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले केही क्षेत्र खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने तयारी छ ।

संक्रमण दर पनि घटेको र चाडपर्व नजिकिएकाले आर्थिक क्षेत्र चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए । तर सिनेमा घर, पार्टी प्यालेस, मठमन्दिर चाहिँ बन्दै रहने छन् । जारी निषेधाज्ञा भदौ १६ गते मध्यरातसम्म कायमै छ ।

मंगलबार काठमाडौं उपत्यकामा ५६४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१३, ललितपुरमा ८७ र भक्तपुरमा ६४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल काठमाडौंमा ५४९१, भक्तपुरमा १३५१ र ललितपुरमा २१९६ जना सक्रिय संक्रमित छन् ।