
पोखरा, १८ भदौ । अविरल वर्षाका कारण पर्वतमा पहिरोले ज्यान गुमाउनेको संख्या १० पुगेको छ । १ जना बेपत्ता छन् ।
सदरमुकाम कुष्मा नगरपालिका ३, दुर्लुङ भोगेनीका माधव शर्माको घर माथिबाट आएको पहिरोमा पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया आमा कौशिला पौडेल, ३५ वर्षीया श्रीमती भगवती पौडेल, १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीया वीनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेल छन् ।
यस्तै, कुष्मा ११, सिल्मीका मनिलाल पौडेलको घर माथिबाट खसेको पहिरोले पुरिएको छ । उनको घरमा पाहुना बस्न आएका मोदी गाउँपालिका ७, राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ ।
मोदी गाउँपालिका ५, अम्बोटमा अविरल वर्षाका कारण ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोले फूलमाया थापाको मृत्यु भएको छ । जस्तापाताले बनेको उनको घर पहिरोले बगाउँदा ५० वर्षीय थापाको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी, कुष्मा ११, पपुवा पाल्चेका हरि पौडेलको घर पहिरोले भत्किँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा उनकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, उनका ३ वर्षीया छोरा प्रयुस पौडेलको मृत्यु भएको हो । पहिरोमा हरिा पौडेलकी ७० वर्षीया आमा डल्ली पाध्या पौडेल हालसम्म बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस्तै, पहिरोले पोखरा–कुस्मा सडकखण्ड अवरुद्ध भएको छ । पोखरा ३२, खुँदीखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरेर गगनगौंडातर्फ जाने क्रममा उनलाई खोलाले ३० मिटर जति बगाएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



