
काठमाडाैं, २६ भदाै । लामो समयदेखि गैरआवसिय नेपाली संघ एनआरएनएमा सक्रिय रहेका थर्क सेनले अक्टोबर २३–२५, २०२१ मा हुन लागेकाे चुनावमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा रोड सेप्टी कमिटी संयोजक भएर काम गरिरहेका सेनले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्ना योजना र एजेण्डाबारे पनि गैर आवसीय नेपालीलाई बुझाइरहेका छन् ।
पूर्व बेलायती सैनिक थर्क सेनले स्पष्ट योजना, अग्रजको अनुभव, युवाको ऊर्जा, प्रविधिको प्रयोग र कुशल नेतृत्वको अभ्यासले धेरै क्षेत्रमा फड्को मार्न सकिने बताउँछन् । ‘मेरो योजना, ज्ञान, अनुभव, ऊर्जा संस्थागत हितमा लगाउन चाहान्छु,’ सेनले भने । उच्चतम प्रविधिको प्रयोगले नेपालका धेरै क्षेत्रमा योगदान गर्न आफूले चाहेको सेनले बताए । ‘सडक सुरक्षाका क्षेत्रमा अझै धेरै संस्थागत हिसाबले योगदान गर्न सकियोस् ।
म चाहान्छु, युवा शक्तिलाई धेरैभन्दा धेरै सिर्जनशील काममा सहकार्य गर्न सकियोस्,’ सेनले भने, ‘एनआरएनएलाई व्यक्तिगत स्वार्थरहित, राजनीतिमुक्त, सुशासनयुक्त र सबैको साझा थलो बनाउन म लागि रहने छु ।’ एनआरएनए युकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक र एनआरएनए एकेडेमीको सदस्यसमेत रहेका सेनले संस्थामा देखिइरहेका सबैखाले वेथिति अनत्य गर्नका लागि साझा एजेण्डा बोक्ने बताएका छन् ।
सबै गैरआवसीय नेपालीको आवाजलाई समेट्दै काम गरेर देखाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको सेनको भनाइ छ । ‘आसन, भाषन, चन्दा र अनेक घोषणा गर्ने तर व्यक्तिगत स्वार्थ र राजनीति गर्दा धेरै विवादहरु निम्तिएका थुप्रै उदाहरण छन्,’ सेनले भने, ‘ती सबै इतिहासबाट पाठ सिक्दै असल अभ्यास गर्ने प्रयत्न मैले गर्नेछु । म एक्लैले सिंगो संस्था उठाउन सक्छु भन्ने होइन तर सबैको साथ सहयोग र साझा एजेण्डाका लागि सकारात्मक सुरुवात अवश्य गर्ने छु ।’ कामबाटै पदलाई न्याय गर्न हरदम लाग्ने सेनको भनाइ थियो । ‘मेरा लागि एनआरएनए रहर होइन सबल संस्था बनाउने जिम्मेवारी हो,’ सेनले भने, ‘साझा समस्याको हल र हक स्थापित गर्न एकतामा म विश्वास गर्छु । स्वच्छ, समृद्ध र मर्यादित एनआरएनए आजको आवश्यकता हो ।’






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



