
काठमाडौं, ७ असोज । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामी बिक्रीका लागि खुल्ला गरेको छ ।
कम्पनीका अनुसार संस्थापक समूह तर्फको ३ करोड ३० लाख कित्ता तथा सर्वसाधारण समूह तर्फको ३२ लाख २९ हजार ७२४ कित्तासहित जम्मा ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता शेयर लिलामी बिक्रीका लागि ल्याएको हो ।
कम्पनीले गएको साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा माग बमोजिमको आवेदन नपरेकोले शेयर लिलामी बिक्रीमा ल्याएको हो ।
शेयर खरिद गर्न चाहने व्यक्ति, संघ-संस्था तथा कम्पनीले लिलामी शेयरका लागि असोज ७ गते आजबाट असोज १४ गतेसम्म शिलबन्दी बोलपत्र दिन सक्नेछन् ।
शेयरको न्युनतम मूल्य रुपैयाँ १०० रहेको छ । शेयर लगानीकर्ताहरुले तोकिएको मूल्यभन्दा बढी मूल्य राखेर संस्थापन तर्फको शेयरमा घटीमा १ करोड कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै सर्वसाधारणतर्फ घटीमा १०० कित्ताका लागि आवेदन दिन सकिने छ ।
शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले ग्लोबल आइएमई बैंक बिर्तामोड, विराटनगर, जनकपुर, बीरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी तथा महेन्द्रनगरमा रहेका शाखा कार्यालयबाट आवेदन पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



